लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

नेपालभ्युज

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गरेका छन् ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यको पक्षमा ७० सांसदले मतदान गरेका छन् । जुन बहुमत हो । विपक्षमा ११ मत परेको छ ।

आचार्यलाई परेको मत प्रदेशसभाका कुल संख्याको बहुमत भएकाले विश्वासको मत बहुमतले पारित भएको लुम्बिनी प्रदेशसभामा सभामुख तुलाराम घर्तीमगरले जानकारी दिए ।

आचार्यलाई एमालेका २९ र कांग्रेसका २७ लगाएत जसपा, जसपा नेपाल, नाउपा लगाएतका पार्टीले समर्थन गरेको छ भने माओवादी र एकीकृत समाजवादीका सांसद विपक्षमा उभिएका थिए । लुम्बिनीमा हाल ८७ सांसद छन् ।

आचार्य कांग्रेसको समर्थनमा गत साउन ७ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved