काठमाडौं । इजरायलले गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि नयाँ प्रस्ताव स्वीकार गरेको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँगको भेटपछि त्यस्तो जानकारी दिएका हुन् ।
तेल अभिभमा आयोजित प्रेस सम्मेलनमा ब्लिन्केनले नेतन्याहूले इजरायलले नयाँ अमेरिकी समर्थित सम्झौता प्रस्तावलाई स्वीकृति दिएको पुष्टि गरेको बताए। यो प्रस्ताव कतारी, इजिप्ट र अमेरिकी मध्यस्थकर्ताहरूले गत साता इजरायल र हमासलाई प्रस्तुत गरेका थिए ।
ब्लिन्केनले गाजामा भइरहेको दुःख र पीडालाई सम्बोधन गर्न र हमासले बन्धक बनाएर राखेका व्यक्तिहरूको रिहाइलाई जोड दिँदै हमासलाई पनि यस सम्झौतामा सहमत हुन आग्रह गरे। इजरायली आक्रमणहरूमा ४०,००० भन्दा बढी व्यक्तिहरू मारिएका छन् ।
ब्लिन्केन इजिप्ट र कतार जाने योजनामा छन् । उनले इजरायली बन्धकहरूको रिहाइ र युद्धविरामको प्रयासलाई तीव्र पार्दै आएका छन् ।
ब्लिन्केनको प्रेस सम्मेलनको क्रममा नेतन्याहूले एक भिडियो सन्देश जारी गर्दै ब्लिन्केनसँगको बैठकलाई राम्रो र महत्त्वपूर्ण भनेका छन् ।
यसअघि, हमासले प्रस्तावलाई अस्वीकार गर्दै इजरायलका मागहरूसँग धेरै मिल्ने र इजरायलले प्यालेस्टिनी क्षेत्रमा आफ्ना सैन्य बलहरू कायम राख्न चाहेको कुरा उल्लेख गर्दै इजरायललाई नयाँ मागहरू थपेको आरोप लगाएको थियो ।
Facebook Comment
Comment