सास फेर्न गाह्रो भएपछि मोहनलाल अस्पताल भर्ना

नेपालभ्युज

सास फेर्न गाह्रो भएपछि मोहनलाल अस्पताल भर्ना

काठमाडौं । दक्षिण भारतीय अभिनेता मोहनलाल अस्पताल भर्ना भएका छन् । समाचार एजेन्सी एएनआईकाअनुसार अभिनेतालाई उच्च ज्वरो, सास फेर्न गाह्रो र मांसपेशी दुखाईका कारण कोच्चिको अस्पतालमा भर्ना गरिएको हो ।

मेडिकल रिपोर्टका अनुसार अभिनेतालाई भाइरल श्वासप्रश्वास संक्रमण भएको छ । अभिनेतालाई ५ दिन सार्वजनिक स्थलबाट टाढा रहन निर्देशन दिइएको छ । साथै, खानपानमा पनि विशेष ध्यान दिन भनिएको छ ।

मोहनलाल हालै गुजरातबाट फर्केका थिए, फिल्म ‘एल २: एम्पुरान’को सुटिङ र आफ्नो निर्देशनको पहिलो फिल्म ‘ब्यारोज’को पोस्ट प्रोडक्सन काम गरेर मोहनलाल हालै गुजरातबाट कोच्चि फर्केका थिए ।

फिल्म ब्यारोज यसवर्षको अक्टोबर २ मा रिलिज हुनेछ । यो मोहनलालको निर्देशकमा डेब्यू फिल्म हो । फिल्म यसअघि मार्च २८, २०२४ मा रिलिज हुने तय भएको थियो । तर, पोस्ट प्रोडक्सनमा ढिलाइ भएको भन्दै फिल्म टिमले रिलिज स्थगित गर्ने निर्णय गरेको हो ।

४ सय चलचित्रमा काम गरे मोहनलालले

एक अभिनेता हुनुको अलावा मोहनलाल एक चलचित्र निर्माता, पार्श्व गायक, वितरक, निर्देशक र व्यापारी पनि हुन् । आफ्नो चार दशक लामो करियरमा उनले करिब ४ सय चलचित्रमा काम गरेका छन् ।

उनलाई पद्मश्री र पद्मभूषणबाट पनि सम्मानित गरिएको छ । उनले अहिलेसम्म उत्कृष्ट चलचित्रमा अभिनय गरेबापत पाँच पटक राष्ट्रिय पुरस्कार पाइसकेका छन् ।

उनी सेनाबाट मानार्थ लेफ्टिनेन्ट कर्णेलको दर्जा दिने पहिलो अभिनेता हुन् । मोहनलालको नाममा धेरै कीर्तिमान पनि दर्ता छन् । उनले एक वर्षमा ३४ वटा चलचित्रमा काम गरेर कीर्तिमान बनाएका थिए, जसमध्ये २५ चलचित्र हिट भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved