इलामको माईबेनीमा मेला

इलामको माईबेनीमा मेला

इलाम। इलामको माईबेनीमा धुमधामका साथ मकर मेला लागेको छ। माई र जोगमाई खोलाको दोभानमा पर्ने माईबेनीमा परम्परागत रुपमा लाग्दै आएको बेनी मेला यस वर्ष पनि धुमधामका साथ लागेको हो।

तीन दिनअघि देखि नै माईजोगमाई दोभानमा टहरा निर्माण भएर मेला सुरु भएको हो। विशेष गरेर यही माघ १ गते मकर नुहाउने र पाठपूजा गर्ने धर्मावलम्बीहरुको भीडभाड लाग्ने गर्दछ । मेला आज दिनभर नै लाग्ने जनाइएको छ।

माईखोलामा स्नान गर्दा सबै पाप हरण हुने र नजिकै रहेको मन्दिरमा पूजाआजा गर्दा मनोकामना पूरा हुने धार्मिक आस्था रहेको छ। इलामको माईजोगमाई गाउँपालिकामा पर्ने बेनीमा नेपालका विभिन्न ठाउँ तथा भारतबाट समेत भक्तजनहरु आउने गरेका छन्।

मेलामा स्थानीयस्तरमा उत्पादित कृषिजन्य वस्तुका साथै बजारमा तामा, प्लास्टिकलगायतका विभिन्न वस्तुहरु समेत बेच्न राखिएको हुन्छ। विशेषगरी स्थानीयवासीले उत्पादन गरेको रसिलो उखु, सुन्तला, तरुलको अत्यधिक व्यापार भएको छ। सो स्थानमा मेला लगाउने कार्य तत्कालीन बडाहाकिम गजराजसिंह थापाको पालादेखि सुरु भएको पाइन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved