काठमाडौं । भनिन्छ कि मासु स्वास्थ्यका लागि धेरै पौष्टिक हुन्छ । जसको शरीरमा प्रोटिन र भिटामिनको कमी हुन्छ, तिनीहरूलाई प्रायः मासु खाने सल्लाह दिइन्छ ।
त्यसो भए मासु नखानेहरुले के गर्ने त ? शाकाहारीका लागि धेरै विकल्प छन् । तर, एउटा तरकारी यस्तो छ जसले पोषणको मामलामा मासुलाई पनि हराउँछ । यस तरकारीमा यति धेरै प्रोटिन हुन्छ कि अरू कुनै चीजको आवश्यकता नै पर्दैन ।
यसको नाम हो देउले च्याउ । यसको नाम ठाउँ अनुसार फरक पनि हुन सक्छ । आज हामी यसका फाइदा बारे बताउनेछौं ।
देउले च्याउ वर्षाको मौसममा उम्रन्छ र यो स्वास्थ्यको लागि निकै राम्रो मानिन्छ । यो जङ्गली च्याउ हो । यसमा धेरै फाइदा छन् र त्यसैले यो बजारमा निकै महँगोमा बिक्री हुन्छ । भनिन्छ कि यस तरकारीको सेवनले शरीर बलियो बन्छ ।
यो वर्षको केही हप्ता मात्र जङ्गलमा उम्रन्छ । जसलाई प्रोटिनको आवश्यकता छ, बढ्दै गरेका बच्चा र जिम जाने वा कमजोर व्यक्तिको लागि यो तरकारी निकै फाइदाजनक हुन्छ ।
यो मुटु र मधुमेहका बिरामीले पनि सजिलै खान सक्छन् । विशेषता र पोषणका कारण यसलाई शाकाहारी मटन पनि भनिन्छ । यो देख्नमा लामो डन्डी जस्तै हुन्छ । बजारबाट ल्याएपछि यसलाई धेरै धुनु पर्छ ।
यो च्याउ जमिनको भित्र उम्रिने भएकोले धेरै माटो हुन्छ । त्यसैले राम्रोसँग धोएपछि मात्रै यसलाई पकाउनु पर्छ ।
Facebook Comment
Comment