राष्ट्रिय सभामा टीआरसी विधेयक पेस

नेपालभ्युज

राष्ट्रिय सभामा टीआरसी विधेयक पेस
फाइल फोटो

काठमाडौं । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक’ (टीआरसी विधेयक) राष्ट्रिय सभामा पेस भएको छ ।

आइतबारको राष्ट्रियसभा बैठकमा सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उक्त विधेयक पेस गरेका हुन् ।

मन्त्री चौरसियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गरेका हुन् ।

यो विधेयक प्रतिनिधि सभाबाट पारित भइसकेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved