नेप्सेमा दोहोरो अंकको करेक्सन

नेपालभ्युज

नेप्सेमा दोहोरो अंकको करेक्सन

काठमाडौं । सेयर बजारले तीन हजारको विन्दु छोएपछि आइतबार दोहोरो अंकको करेक्सन ब्रेक लिएको छ । आज नेप्से परिसूचक ३४ दशमलव ४७ अंकले घटेर २९६६ दशमलव ३३ को विन्दुमा पुगेको छ ।

आइतबार ३३० कम्पनीका ३ लाख ९ सय १८ पटकको कारोबारमा ६ करोड ५४ लाख ७५ हजार ३६६ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार ३ सय ७६ रुपैयाँ रहेको छ ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स ६ दशमलव ६५ अंकले घटेको छ भने फ्लोट इन्डेक्स २ दशमलव २५ अंकले घटेको छ । १३ उपसमूहमध्ये चार वटा सामान्य बढ्दा बाँकी ९ वटा घटेको छ । सर्वाधिक घट्नेमा होटेल र पर्यटन क्षेत्र रहेको छ । ४७ कम्पनीको सेयर मूल्य बढ्दा १९७ वटाको घटेको छ ।

चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा सर्वाधिक कारोबार गर्नेमा हिमालयन रिइन्स्योरेन्स रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved