हुम्लाको खार्पुनाथमा एक महिनापछि सञ्चार सेवा सञ्चालन

नेपालभ्युज

हुम्लाको खार्पुनाथमा एक महिनापछि सञ्चार सेवा सञ्चालन

काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिका–३ राया गाउँमा अवरुद्ध भएको एक महिनापछि सञ्चार सेवा सञ्चालनमा आएको छ ।

यहाँको ठानकोटमा रहेको टावर बिग्रीएको एक महिनापछि मर्मत भएको हो ।  उक्त स्थानमा रहेको टावर मर्मत भएसँगै सेवा सञ्चालनमा आएको नेपाल टेलिकम शाखा हुम्लाले जनाएको छ ।

जिल्लाका राया लगायत खार्पुनाथ गाउँपालिकाको चारवटा वडाका नागरिकले सञ्चार सेवा पुनः प्राप्त भएको टेलिकमले जनाएको छ ।

धेरै वर्ष पुराना सोलार भएकाले अझै टेलिफोन सेवा अवरुद्ध हुने देखिएको बताइएको छ । जस्तापता पुराना हुँदा बेला बेलामा टेलिफोन सेवा अवरुद्ध हुँदै आएको छ ।

यस्तै वडा नम्बर एक लाली, पिउस, वडा नम्बर दुई थाली, वडा नम्बर तीन राया, र वडा चार याङ्चु गाउँका सेवाग्राही आजदेखि टेलिफोन सेवाको पहुँचमा पुगेका छन् ।

यी चारवटा वडाका झण्डै दुई हजार बढी सेवाग्राही टेलिफोन सेवाबाट एक महिनादेखि बञ्चित रहेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved