काठमाडौं । सहकारी संस्था बचत रकम दुरूपयोग संसदीय छानबिन विशेष समितिले सहकारी ठगी प्रकरणमा मुछिएका दीपेश पुनसँग बयान लिएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले रूपन्देहीको सुप्रिम सहकारीको बचत रकम हिनामिना प्रकरणमा मुछिएका पुनसँग बयान लिएको हो । सुप्रिम सहकारीबाट गोरखा मिडियामा गैर कानूनी ढंगले कर्जा प्रवाह भएको थियो ।
समितिले निरन्तर रूपमा सहकारीको बचत दुरूपयोगमा संलग्नका रूपमा आरोपितहरूसंग बयान लिइरहेको छ । यसअघि केही आरोपितलाई कारागारबाट झिकाएर समितिले बयान लिएको थियो ।
सहकारी संस्था बचत रकम दुरूपयोगसम्बन्धी छानबिनको तथ्यमा पुग्नका लागि सबै पक्षसंग निरन्तर छलफल र बयान लिने काम भइरहेको समिति संयोजक सूर्य थापाले बताए ।
गएको जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो ।
Facebook Comment
Comment