सोलुखुम्बु बाढी : ३ घर बगायो, ७ जनाको उद्धार

घटनास्थलतर्फ सेना जाँदै 

नेपालभ्युज

सोलुखुम्बु बाढी : ३ घर बगायो, ७ जनाको उद्धार

सोलुखुम्बु । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ५ को थामेमा ठूलो बाढी आएको छ ।

घटनास्थलमा नेपाल प्रहरी पुगिसकेको छ । यसपछि घटनास्थलबाट सात जनाको उद्धार गरिएको छ । त्यहाँ नेपाली सेना पनि पुग्दैछ ।

बाढीले ३ वटा घर बगाइसकेको थुलुङ दुधकोशी गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले बताए । प्रवक्ता कार्कीका अनुसार बाढीमा परेका सात जनाको उद्धार भएको छ ।

“त्यहाँ केही घर र होटल जोखिममा परेका छन् भने ३ वटा घर बगाएको छ,” उनले भने ।

यस्तै ४० भन्दा बढी घरमा बाढी पसेको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ५ की वडा सदस्य आङमाया शेर्पाले जानकारी दिइन् ।

सचेत रहन आग्रह

बाढी आएसँगै सचेत रहन आग्रह गरिएको छ । थुलुङ दुधकोशी गाउँपालिकाले सचेत रहन आग्रह गरेको हो ।

पालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र बस्नेतले घटनाबारे जानकारी गराउँदै सचेत रहन आग्रह गरेका छन् ।

“दुधकोशी किनार क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई सचेत रहन अनुरोध गरिन्छ,” विज्ञप्तिमा भनिएको छ ।

यसैबीच अध्यक्ष असिम राईले पनि सचेतपूर्ण रहन आग्रह गरेका छन् । यस्तै सोताङ गाउँपालिकाले पनि सचेत रहन आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस :

सोलुखुम्बुमा हिमपोखरी फुटेको आशंका, थामे क्षेत्रको बस्तीमा पस्यो बाढी

 

May be an image of text


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved