एमालेले यसरी औँल्यायो कोभिड नियन्त्रणमा सरकारका कमजोरी (विज्ञप्तिसहित)

नेपालभ्युज

एमालेले यसरी औँल्यायो कोभिड नियन्त्रणमा सरकारका कमजोरी (विज्ञप्तिसहित)

प्रतिपक्षी दल नेकपा एमालेले सरकारलाई कोभिड १९ नियन्त्रणमा लिनका लागि ध्यानाकर्षण गराएको छ। एमालेले सरकारका कमजोरी औल्याउँदै संक्रमण नियन्त्रणका लागि गर्नुपर्ने उपाय सुझाएको हो।
एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, सचिव तथा स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षणपत्र बुझाएका हुन्।

एमालेले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख सरकारका कमजोरीहरूलाई यसरी औल्याइएको छ।
१। प्रधानमन्त्रीज्यूले व्यक्त गर्नुभएको खोप, खोप र खोप प्रतिबद्धताअनुसार खोप लगाउन नसकिएको ।
२। खोपको प्रर्याप्तता हुँदाहुँदै पनि जनताले प्रयोग गर्न नपाएको । पहिले र दोस्रो खोप लगाएकाहरूलाई अबिलम्ब बुस्टर खोप उपलब्ध गराउनपर्ने काम हुन नसकेको ।
३। जनशक्तिलाई प्रेरणा हुने खालका कार्यक्रमहरू संचालन हुन नसकेको ।
४। सबै पालिकामा जनस्वास्थ्य निरीक्षकको व्यवस्था नभएको ।
५। नेपाल–भारत सिमाना र अन्तर्राष्ट्रिय विमानस्थलमा टेस्टिङ र होल्डिंग सेन्टरको व्यवस्था नभएको ।
६। बिमितहरूको रकम उपलब्ध नभएको ।
७। टेस्टिङ्ग र ट्रेसिंग कार्यमा वृद्धि नभएको ।
८।औषधी, उपकरण, खोप र जनशक्तिको देशव्यापी उपलब्धताका लागि ठोस पहल नभएको ।
९।राजनीतिक दल तथा तिनै तहका सरकारका बीचमा प्रभावकारी समन्वय नभएको ।
१०।कुटनीतिक पहल अत्यन्तै कमजोर रहेको ।
११।अध्ययन र अनुसन्धानमा कुनै पहल नभएको ।

पढ्नुस् पूर्ण विज्ञप्ति :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved