सेयर बजार ३ हजार विन्दुमा, झन्डै तीस अर्बको कारोबार 

नेपालभ्युज

सेयर बजार ३ हजार विन्दुमा, झन्डै तीस अर्बको कारोबार 
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारले ३ हजारको विन्दु छोएको छ । आज नेप्से परिसूचक ४३ दशमलव ०५ अंकले बढेर ३००० दशमलव ८१ को विन्दुमा पुगेको छ ।

बिहीबार ३३४ कम्पनीका ३ लाख ११ हजार ५ सय ३६ पटकको कारोबारमा ६ करोड ८९ लाख ८० हजार ३ सय ४६ कित्ता सेयर खरिद बिक्री भएको छ ।

कारोबार रकम २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार रुपैयाँ रहेको छ । यो रकम अहिलेसम्मकै धेरै हो ।

त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स १६ दशमलव ०१ अंकले बढ्दा फ्लोट इन्डेक्स ४ दशमलव ०२ अंकले बढेको छ । १३ उपसमूहमध्ये ५ वटा घट्दा ८ वटा बढेको छ ।

आज सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ भने बुटवल पावर, राष्ट्रिय बीमा र मोदी इनर्जीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved