कर्णालीमा कुपोषण अन्त्य गर्न ‘इनफ अभियान’

नेपालभ्युज

कर्णालीमा कुपोषण अन्त्य गर्न ‘इनफ अभियान’

सुर्खेत । कुपोषण अन्त्यका लागि कर्णाली प्रदेशमा ‘इनफ’ अभियान घोषणा गरिएको छ । एक कार्यक्रमका बीच मुख्यमन्त्री यामलाल कँडेलले अभियान सुरु गरेका हुन् ।

कँडेलले कुनै बेला कर्णाली समृद्ध रहेको अहिले केवल भोकमरी र कुरुपताका रुपमा विश्लेषण गर्ने गरिएको बताए ।

‘स्थानीय खाद्यान्न बालीको उत्पादन घट्दो क्रममा रहेको छ ।’ उनले भने, ‘कर्णालीका खाद्य बाली उत्पादनमा सबैसँग मिलेर काम गर्न प्रदेश सरकार तयार छ ।’

कँडेलले कर्णालीका नीति तथा गैरसरकारी क्षेत्रले सरकारसँग हातेमालो गर्दै काम गर्न आग्रह गरे । ‘कर्णालीमा कसले के काम गरिरहेको छ । त्यसको कुनै जानकारी हुँदैन् । विकास साझेदार संस्थाले सरकारसँग मिलेर काम गर्न आग्रह गर्दछु ।’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved