जाजरकोटमा भीरबाट लडेर एक किशोरीको मृत्यु

नेपालभ्युज

सुर्खेत ।  जाजरकोटको छेडागाड नगरपालिका–१ जाल्माकी १४ वर्षीया मनिषा विकको भीरबाट लडेर मृत्यु भएको छ ।

बुधबार घर नजिकैको जङ्गलमा घाँस काट्न जाँदा भीरबाट लडेर घाइते भएकी विकको उपचारको क्रममा बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

जुनीचाँदै गाउँपालिका– ११ स्थित खानाखोला तर्दै गर्दा तीन दिन अघि चिप्लिएर खोलामा बेपत्ता भएका जुनीचाँदे गाउँपालिका–१० का २१ वर्षिय तेजबहादुर रोकायको खोजी भइरहेको र हालसम्म फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरुषोत्तम पाण्डेले जानकारी दिए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved