डब्ल्यूएचओद्वारा एमपक्सलाई विश्व जनस्वास्थ्य आपत्‌काल घोषणा

नेपालभ्युज

डब्ल्यूएचओद्वारा एमपक्सलाई विश्व जनस्वास्थ्य आपत्‌काल घोषणा

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले अफ्रिकामा महाद्विपमा फैलिएको मन्कीपक्स (एमपक्स) लाई विश्वव्यापी जनस्वास्थ्य आपत्‌काल घोषणा गरेको छ ।

डब्ल्यूएचओले सो विषयमा बोलाएको विज्ञसहितको बैठकपछि तीब्रगतिमा फैलिरहेको एमपक्सलाई जनस्वास्थ्य आपत्‌काल घोषणा गरेको हो ।

अधिकारीहरूले डेमोक्रेटिक रिपब्लिक अफ कांगो र छिमेकी देशहरूमा नयाँ छिटो फैलिने भेरियन्ट पत्ता लागेको समेत बताएका छन्।

व्यापकरुपमा फैलिँदै गएको एमपक्सलाई विश्वव्यापी जनस्वास्थ्य आपत्‌काल घोषणा गर्ने कि नगर्ने निर्णय गर्न बुधबार विज्ञहरूको बैठक गरेको थियो ।

प्रकोप बढेसँगै अफ्रिकी सङ्घले आफ्नो क्षेत्रमा सार्वजनिक स्वास्थ्य आपत्‌काल घोषणा गरेपछि १६ अन्तर्राष्ट्रिय विज्ञहरूको भेला गरेको थियो ।

एमपक्स प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा व्यापक फैलिएको छ, जहाँ पहिले मन्कीपक्स भनिने भाइरस पहिलो पटक सन् १९७० मा मानिसमा फेला परेको थियो । त्यहीबाट अन्य देशहरूमा फैलिएका छ ।

डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले यस वर्ष कङ्गोमा हालसम्म १४ हजारभन्दा बढी एमपक्सका केसहरू र ५२४ जनाको मृत्यु भएको जनाएको छ ।

साथै, यो रोगले ज्वरो, मांसपेशी दुख्ने र ठूलो फोका जस्तै छालाको घाउ निम्त्याउँछ ।

यो रोग नियन्त्रणका लागि डब्ल्यूएचओ विशेषज्ञहरूले दुईवटा खोपहरू सिफारिस गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved