सरकारलाई नजिकबाट नियालिरहेका छौं, छिट्टै धारणा सार्वजनिक गर्छौँ : लामिछाने

नेपालभ्युज

सरकारलाई नजिकबाट नियालिरहेका छौं, छिट्टै धारणा सार्वजनिक गर्छौँ : लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ सरकारलाई नजिकबाट नियालिरहेको बताएका छन् ।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानले सरकारको सुरुवाती संकेतलाई जनताले मुल्याङ्कन गरिरहेको भन्दै पार्टीले पनि नजिकबाट नियालिरहेको बताएका हुन् ।

उनले छिट्टै पार्टीका तर्फबाट सरकारको कामकारबाहीका बारेमा धारणा सार्वजनिक गर्ने जिकिर गरे । लामिछानले विद्युत् प्राधिकरणको बक्यौतामा रकम उठाउनुपर्नेमा कुनै दुइमत नरहेको बताए ।

त्यस्तै, भ्रष्टाचार कसुरका लागि पाँच वर्षे हदम्याद स्वीकार्य नहुने भन्दै जुनसुकै समयमा भएको भ्रष्टाचारको अनुसन्धान हुनुपर्नेमा जोड दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved