एनसेलको नेटवर्क समस्या समाधान

नेपालभ्युज

एनसेलको नेटवर्क समस्या समाधान

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको नेटवर्क समस्या समाधान भएको छ ।

सोमबार  दिउँसो एनसेलको सेवा अप्टिकल फाइबर काटिँदा ग्राहकहरूले मोबाइल नेटवर्क र इन्टरनेट सेवामा कठिनाइको सामना गर्नुपरेको थियो ।

एनसेलले एक विज्ञप्तीमार्फत् जानकारी गराउँदै प्राविधिक टोलीको अथक प्रयासले सेवाहरूलाई छोटो समयमै पुनः सञ्चालनमा ल्याउन सफल भएको जनाएको छ ।

कम्पनीले सेवा अवरुद्ध हुँदा ग्राहकहरूले भोग्नुपरेको असुविधाका लागि क्षमाप्रार्थी रहेको समेत व्यक्त गरेको छ। सञ्चार सेवाको अवरोधले धेरै प्रयोगकर्ताहरू प्रभावित भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved