गायक तिमिल्सिनाको पार्थिव शरीर नाट्य प्रज्ञाप्रतिष्ठान नक्सालमा अन्तिम श्रद्धान्जलिका लागि राखिने

नेपालभ्युज

गायक तिमिल्सिनाको पार्थिव शरीर नाट्य प्रज्ञाप्रतिष्ठान नक्सालमा अन्तिम श्रद्धान्जलिका लागि राखिने

काठमाडौं । गायक प्रकाश तिमिल्सिनाको पार्थिव शरीर सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान नक्साल भगवती बहालमा अन्तिम श्रद्धान्जलिका लागि राखिने भएको छ । अहिले पोस्टमार्टमको लागि पाटन अस्पतालमा राखिएको छ ।

शनिबार साँझ भैँसेपाटी स्थित डेरामा अचेत अवस्थामा फेला पारेर उनलाई अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।

तिमिल्सिनाको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा गरिने संगीतकार चेतन सापकोटाले जानकारी दिए ।

तिमिल्सिना गायन प्रतियोगिता ‘नेपाली तारा’ मार्फत सङ्गीत क्षेत्रमा उदाएका थिए ।

‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ’, ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’ लगायतका दर्जनौँ गीतले उनलाई नेपाली सङ्गीत प्रेमी माझ परिचित र सम्मानित गायकका रूपमा स्थापित गराएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved