विद्युत् प्राधिकरणले लेखा समितिलाई बुझायो टीओडी मिटर विवरण 

नेपालभ्युज

विद्युत् प्राधिकरणले लेखा समितिलाई बुझायो टीओडी मिटर विवरण 

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले लेखा समितिमा डेटिकेटेड तथा ट्रंकलाइन प्रयोग गरेको उद्योगहरूको टीओडी मिटरको डेटा समेटिएको विवरण लेखा समितिलाई बुझाएको छ ।

प्राधिकरणले करिब ५० हजार पेजको उक्त विवरण समितिलाई बुझाएको हो । लेखा समितिले उद्योगले बिजुली प्रयोग गरेको प्रमाण मागेपछि प्राधिकरणले बिहीबार टीओडी डाटासहितको विवरण उपलब्ध गराएको हो ।

शुक्रबार बसेको लेखा समिति बैठकले प्राधिकरणसँग टिओडी मिटरको विवरण माग्ने निर्णय गरेको थियो । त्यसपछि सोमबार समितिले पत्राचार गरेर प्राधिकरणलाई तीन दिनभित्र विवरण पठाउन आग्रह गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved