हङकङमा १ सय ५३ देशका यात्रुलाई ट्रान्जिटमा रोक

नेपालभ्युज

हङकङमा १ सय ५३ देशका यात्रुलाई ट्रान्जिटमा रोक

एजेन्सी। हङकङले कोरोना संक्रमण बढेसँगै कडाई गरेको छ। हङकङ विमानस्थललाई ट्रान्जिट बनाएर अन्य देश जान रोक लगाइने भएको छ। विमानस्थलकाअनुसार यो नियम आइतबारदेखि लागू हुनेछ।

भाइरसको उच्च जोखिम रहेका १ सय ५३ देशका यात्रुलाई ट्रान्जिटमा रोक लगाइएको हो। १६ जनवरीदेखि १५ फेब्रुअरीसम्म उडान स्थगित गरिएको हङकङ विमानस्थलले जनाएको छ। कोरोनाको संक्रमण फैलिरहेका १ सय ५३ देशलाई हङकङले समूह एमा राखेको छ। यी देशका नागरिकहरूले आइतबारदेखि हङकङलाई ट्रान्जिट बनाएर यात्रा गर्न पाउनेछैनन्।

त्यस्तै यस समूहमा रहेका देशका नागरिकहरूले हङकङ छिर्न चाहेमा २१ दिन अनिवार्य क्वारेन्टाइन बस्‍नुपर्नेछ। यो निर्णयले बेइजिङमा हुने विन्टर ओलम्पिकमा असर पार्नसक्ने बताइएको छ। फेब्रुअरी ४ देखि विन्टर ओलम्पिक शुरू हुँदैछ। यसमा सहभागी हुन धेरै देशका खेलाडी, कुटनीतिज्ञ र सरकारी अधिकारीहरू हङकङ हुँदै चीन आउने तयारीमा थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved