नेपाली राजदूतावासले भन्यो : बंगलादेशमा करिब ४ सय विद्यार्थी सुरक्षित छन्

नेपालभ्युज

नेपाली राजदूतावासले भन्यो : बंगलादेशमा करिब ४ सय विद्यार्थी सुरक्षित छन्

काठमाडौं । बंगलादेशमा विद्यार्थी आन्दोलन झनै चर्किदैँ गर्दा ढाकास्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीहरू सुरक्षित रहेको जनाएको छ ।

सोमबार एक विज्ञप्ती जारी गर्दै दूतावासले बंगलादेशमै रहेका करिब ४ सय विद्यार्थीसहित नेपालीहरू सुरक्षित रहेको उल्लेख गरेको छ । आन्दोलनबाट प्रभावित भएका अधिकांश नेपाली विद्यार्थीहरू स्वदेश फर्किसकेको दूतावासले जनाएको छ ।

बंगलादेशमा आरक्षण विरोधी आन्दोलन कसरी प्रधानमन्त्रीको राजीनामातर्फ मोडियो ?

‘बङ्‍गलादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थीहरु नेपाल फर्किसकेको र हाल बाँकी रहेका करिब ४०० विद्यार्थीहरूसहित सम्पूर्ण नेपालीहरु सुरक्षित रहनुभएको र उहाँहरुसँग यस राजदूतावास निरन्तर सम्पर्कमा रहेको छ,’ दूतावासले भनेको छ ।

विद्यार्थीको आन्दोलन पुनः चर्किएर हिंसात्मक प्रर्दशन भइरहेको, बङ्‍गलादेश सरकारबाट हाल अनिश्‍चितकालीन कर्फ्यू आदेश समेत जारी भएको लगायतका जानकारी गराउँदै दूतावासले नेपालीहरुलाई आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved