कांग्रेसले महासमिति बैठकमा पेस भएका प्रस्तावलाई संशोधनसहित पारित गर्ने

नेपालभ्युज

कांग्रेसले महासमिति बैठकमा पेस भएका प्रस्तावलाई संशोधनसहित पारित गर्ने
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठकमा पेस भएका विभिन्न प्रस्तावहरुलाई संशोधन सहित पारित गर्ने तयारी गरेको छ ।

सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकमा साउन २३ गते बस्ने केन्द्रीय कार्य समितिको बैठकका लागि एजेन्डाबारे छलफल गर्दै महासमितिमा पेस भएका प्रस्तावमाथि आएका सुझावहरुलाई संशोधन सहित केन्द्रीय कार्य समितिबाट पारित गर्ने निर्णय भएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

त्यस्तै, केन्द्रीय समिति बैठकमा सरकारका पार्टीको सहभागीलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल हुने उनले बताए । सरकारका साथै पार्टी संगठनलाई समेत बलियो बनाउदै अघि बढ्ने विषयमा पदाधिकारी बैठकमा छलफल भएको परियार बताउँछन् ।

यसैगरी पदाधिकारी बैठकमा विदेशस्थित सम्पर्क समितिहरूलाई व्यवस्थित गर्ने, विभाग र निर्देशन समिति बनाउने विषयमा पनि छलफल भएको सहमहामन्त्री परियारले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved