मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मत लिने

नेपालभ्युज

मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मत लिने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार (साउन २१ गते) प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । केन्द्रमा सत्ता समिकरण बदलिएपछि मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

यसअघि माओवादी केन्द्रसँगको गठबन्धनमा सरकार गठन भएपछि मुख्यमन्त्री शर्माले विश्वासको मत लिएका थिए भने अहिले एमाले र कांग्रेसको गठबन्धन भएका कारणले विश्वास मत लिन लागेका हुन् ।

मुख्यमन्त्रीले साउन २१ गते विश्वासको मत लिने भन्दै प्रदेशसभा सचिवालयमा पत्राचार गरिसकेको प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

४० सदस्यीय प्रदेश सभामा कँडेलले विश्वासको मतका लागि २१ मत प्राप्त गर्नुपर्छ । उनको दल नेकपा एमालेका १० सांसद छन् भने उनलाई समर्थन गर्ने दल नेपाली कांग्रेसका १४ सांसद छन् ।

यसबाहेक नेकपा माओवादी केन्द्रका १३, रापप्रा र नेकपा एकीकृत समाजवादीका १/१ र स्वतन्त्र सांसद १ जना छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved