काठमाडौं । इजरायलको आक्रमणमा परि इरानमा मारिएका हमासका प्रमुख इस्माइल हानियाको कतारको दोहामा आज अन्त्यष्टि गरिने भएको छ ।
आवश्यक प्रक्रिया पुरा गरेर दोहाको इमाम मुहमद विन अब्दुल वहाब मस्जिदमा प्रार्थना पश्चात अन्त्येष्टि गरिने हमासले जनाएको छ ।
अन्त्येष्टिमा अरब र इस्लामिक नेतासहित हजारौं सर्वसाधारणको उपस्थिती रहने बताइएको छ ।
यसअघि हिजो इरानको राजधानी तेहरानमा हानियाको शव यात्रा निकालिएको थियो । इरानका सर्वोच्च नेता आयोतोल्लाह खामेनीले नेतृत्व गरेको शव यात्रामा हज्जारौं मानिस सहभागी भएका थिए ।
हानियाको शवयात्रामा सहभागीले इजरालयविरुद्ध नारा लगाउँदै हत्याको बदला लिने चेतावनी दिएका छन् ।
गत मंगलबार राती इरानी राष्ट्रपतिको सपथ समारोहमा भाग लिएर तेहरानस्थित आफ्नै घरमा बसेका बेला इजरायलको हवाई हमलामा हानियाको हत्या भएको थियो ।
Facebook Comment
Comment