केन्द्रीय सदस्य मनोनित गर्न एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटीको बैठक

नेपालभ्युज

केन्द्रीय सदस्य मनोनित गर्न एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटीको बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आज केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ । बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिने मुख्य एजेण्डा छ ।

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा गठित कार्यदलले सम्पन्न गरेको कार्यसम्पादनको समीक्षा समेत हुने नेता आलोक रायमाझीले बताए ।

बैठकले क्लष्टरका आधारमा प्रस्ताव गरिएका नामलाई केन्द्रीय सदस्यका रुपमा मनोनित गर्ने छ । कार्यदलले केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने बैठकमा प्रस्तावित ती नामलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने रायमाझीले बताए ।

पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ । हाल अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारी, ९० केन्द्रीय सदस्य रहेको केन्द्रीय कमिटीमा दुई सय ६ केन्द्रीय सदस्य पद रिक्त छन् । बैठकले तिनै रिक्त पदमा पूर्ति गर्नेछ ।

पार्टीमा केन्द्रीय सदस्यका लागि आकांक्षी धेरै भएपछि नेताहरूको योगदान, कार्यक्षमता तथा भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनीत गरिने पार्टीको तयारी छ । केन्द्रीय कमिटीले पूर्णता पाएपछि पदाधिकारी छनोट गरिने बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved