काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को कारबाही भोगेका मुकुन्द न्यौपाने नेकपा (एमाले) को स्थायी समिति सदस्य मनोनीत भएका छन् ।
माधवकुमार नेपालले एमाले त्यागेर एकीकृत समाजवादी गठन गर्दा उनैलाई साथ दिएका न्यौपाने वरिष्ठ नेता थिए । तर, पछि पार्टीविरुद्ध गतिविधि गरेको र अभिव्यक्ति दिएको भन्दै पार्टीले उनलाई स्पष्टीकरण दिएको थियो ।
यसपछि उनले २०७९ चैत २५ गते पत्रकार सम्मेलनको आयोजना गर्दै साधारण सदस्यसमेत नरहनेगरी एकीकृत समाजवादी छाडे । त्यसको झन्डै २ वर्षपछि उनी पुन: पुरानै पार्टीमा फर्किएका हुन् ।
यस्तै न्यौपानेसँगै लीला श्रेष्ठ पनि स्थायी समिति सदस्यमा मनोनीत भएका छन् । मधेस प्रदेशका पोलिट्ब्यूरो सदस्य रहेका श्रेष्ठ पनि केन्द्रीय स्थायी समितिमा मनोनीत भएका हुन् ।
यस्तै अन्य १७ जना नेता केन्द्रीय कमिटीमा मनोनीत भएका छन् । त्यसरी मनोनीत हुनेहरूमा कुलानन्द गिरी रोल्पा, महेन्द्र थापा रोल्पा, पीएल श्रेष्ठ तनहुँ, शिवचन्द्र कुशहवा बारा, रामप्रीत पासवान सप्तरी, एकवाल मियाँ कपिलवस्तु रहेका छन् ।
यसैगरी डा. गोपाल खनाल नवलपुर,खालित हुसेन हक सुनसरी, हरि रिजाल प्युठान, प्रेमबहादुर सिंह कालिकोट, कृष्णप्रसाद दाहाल मकवानपुर, बिनु ढकाल मोरङ,सानु श्रेष्ठ बागमती, सिर्जना शर्मा गण्डकी, प्रदीप भण्डारी कोशी,अर्जुनबहादुर थापा सुदूरपश्चिम, श्याम ढकाल बर्दिया, नारायण मरासिनी स्याङ्जा, धनेन्द्र घिमिरे पाल्पा, नन्दलाल रोकाया बाँके, जनक पौडेल बागलुङ, मेघनाथ सुवेदी पर्वत, नारायण मरासी डोटी र सुवासचन्द्र ठकुरी मकवानपुर छन् ।
Facebook Comment
Comment