साढे २७ सयको विन्दुमा पुगेर ओरालो लाग्यो सेयर बजार 

नेपालभ्युज

साढे २७ सयको विन्दुमा पुगेर ओरालो लाग्यो सेयर बजार 

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजार सामान्य अंकले ओरालो लागेको छ । बिहीबार नेप्से परिसूचक ५ दशमलव २९ अंकले घटेर २७५५ दशमलव ६२ को विन्दुमा पुगेको छ ।

आज ३३२ कम्पनीको २ लाख २९ हजार ८ सय १३ पटकको कारोबारमा ५ करोड १३ लाख २१ हजार ६ सय २९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स ३ दशमलव २९ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ० दशमलव २३ अंकले घटेको छ । १३ उपसमूहमध्ये ६ वटा घट्दा ७ वटा बढेको छ । १६४ कम्पनीको सेयर मूल्य घट्दा ७४ वटा बढेको छ भने ३ वटा स्थिर रहेको छ ।

आज सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved