नवनियुक्त प्रदेश प्रमुखले आज पद तथा गोपनियताको सपथ लिदै

नेपालभ्युज

नवनियुक्त प्रदेश प्रमुखले आज पद तथा गोपनियताको सपथ लिदै

काठमाडौं । हालै नियुक्त गरिएका तीन जना प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिंदैछन् । शपथ कार्यक्रम राष्ट्रपति निवास शीलत निवासमा साँझ ५ बजेका लागि तय गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार संविधानको धारा १६३ को उपधारा २ बमोजिम बागमती प्रदेशमा दीपक प्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा यज्ञराज जोशीलाई नियुक्त गरेका थिए ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनीहरुलाई प्रदेश प्रमुखमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

बागमतीका प्रदेश प्रमुख यादव चन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियारखलाई पदमुक्त गरेपछि सरकारले नयाँ प्रदेश प्रमुख नियुक्त गरेको हो ।

प्रदेश प्रमुखबाट पदमुक्त भएका शर्मा एकीकृत समाजवादी, शेरचन र परियार नेकपा माओवादी केन्द्र निकट हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved