इजरायलको आक्रमणबाट हमासका शीर्ष नेता हानिया बडीगार्ड सहित मारिए

नेपालभ्युज

इजरायलको आक्रमणबाट हमासका शीर्ष नेता हानिया बडीगार्ड सहित  मारिए

काठमाडौं । हमासको एक उच्च नेता इरानमा मारिएका छन् । हमासले आफ्ना शीर्ष नेता इस्माइल हानिया इरानको राजधानी तेहरानमा मारिएको जनाएको छ ।

हमासले बुधबार वक्तव्य जारी गर्दै तेहरानस्थित हानिया बसेकै स्थानमा इजरायलले आक्रमण गरेर मारेको जनाएको छ । यसबारेमा इजरायलका तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।

हमासका अनुसार हानिया इरानका नयाँ राष्ट्रपति मसुद पेजेस्कियानको पदभार ग्रहण गर्ने समारोहमा भाग लिन तेहरान गएका थिए ।

उनी कतारमा बस्दै आएका थिए ।

उनको उपनाम अबू अल अब्द हो । उनी ६२ वर्षका थिए । हानिया हमासका पोलिटब्युरोका प्रमुख थिए । उनको जन्म प्यालेस्टाइन शरणार्थी शिविरमा भएको थियो ।

उनी सन् २००६ मा प्यालेस्टाइनको प्रधानमन्त्रीको रूपमा नियुक्त भएका थिए ।

इरानको इस्लामिक रिभोलस्नरी गार्डका अनुसार हानियासँगै उनका एक सुरक्षाकर्मी पनि मारिएका छन् । हानिया मारिएको पुष्टि इरानका सञ्चार माध्यमले पनि गरेका छन् ।

उनलाई इजरायलले १९८९मा तीन वर्ष कैद गरेको थियो । अमेरिकी विदेश विभागले सन् २०१८ मा उनलाई आतंकवादी घोषणा गरेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved