नागढुङ्गा – नौबिसे सडक खण्ड दुवै तर्फ अबरुद्ध, सयौं सवारी साधनको लामो लाइन

नेपालभ्युज

नागढुङ्गा – नौबिसे सडक खण्ड दुवै तर्फ अबरुद्ध, सयौं सवारी साधनको लामो लाइन
फाइल तस्वीर ।

काठमाडौं । बिहान खसेको पहिरोका कारण नागढुङ्गा नौबिसे सडक खण्ड अबरुद्ध भएको छ ।

धुनीवेशी नगरपालिकास्थित वडा नम्बर–९ खत्रिपौवा सुरुङ्ग मार्ग नजिकै लेदोसहितको पहिरो खस्दा सडक बिहानैदेखि दुवैतर्फ बन्द भएको हो ।

सडक अवरुद्ध हुँदा राजधानीबाट बाहिरिने र राजधानी प्रवेशका लागि आएका सवारीका साधनहरु रोकिएका छन् ।

पहिरो पन्छाउने प्रयास भइरहेको धादिङ प्रहरीले जनाएको छ ।

लेदोसहितको पहिरो खसेकोले पन्छाउन केही समय लाग्ने प्रहरीको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved