सेयर बजारमा सर्किट ब्रेक, २० मिनेटका लागि कारोबार बन्द

नेपालभ्युज

सेयर बजारमा सर्किट ब्रेक, २० मिनेटका लागि कारोबार बन्द
प्रतीकात्मक तस्वीर

काठमाडौं । सेयर बजार खुलेको एक मिनेटमै आज सर्किट ब्रेक लागेको छ । नेप्से ४ प्रतिशतले बढेर २६७०.८२ बिन्दुमा कायम भएको हो । सो पश्चात् बजार २० मिनेटका लागि बन्द भएको छ ।

बजारमा एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढे २० मिनेटलाई ब्रेक लाग्छ । त्यस्तै, दुई घण्टा नबित्दै ५ प्रतिशतले बढे ४० मिनेटको लागि ब्रेक लाग्छ । र, जुनसुकै समयमै ६ प्रतिशतले बढेमा सो दिनकै लागि कारोबार बन्द हुन्छ ।

मौद्रिक नीति मार्फत संस्थागत लगानीकर्तालाई लगाएको २० करोड क्याप खारेज, ब्याजदर घट्ने व्यवस्था लगायतका कुराले सेयर लगानीकर्तामा रौनक छाएको विज्ञहरूले औंलाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved