जमुनाहा चेकपोष्टमा गुप्तचरमाथि आक्रमण, क्यासिनोका महाप्रबन्धक नियन्त्रणमा

नेपालभ्युज

जमुनाहा चेकपोष्टमा गुप्तचरमाथि आक्रमण, क्यासिनोका महाप्रबन्धक नियन्त्रणमा
सांकेतिक तस्वीर ।

काठमाडौं। बाँकेको नेपाल–भारत सीमानाका जमुनाहास्थित चेकपोष्ट नजिक राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरमाथि आक्रमण भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–४ स्थित कलपत्रु होटलमा सञ्चालित क्यासिनो एसएन ब्लु गेमिङका कर्मचारीले गुप्तचर अजुर्न खड्कामाथि आक्रमण गरेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आक्रमणमा संलग्न भएको आरोपमा क्यासिनोका महाप्रबन्धक अर्जुन खनाललाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ ।

स्रोत नखुलेको रकम रहेको भन्ने जानकारी पाएपछि खड्काले  बरामद गर्न खोज्दा आक्रमण भएको बताइएको छ ।

स्रोत नखुलेको रकम रहेको भन्ने जानकारी पाएमा प्रहरीलाई खबर नगरी  आफैं बरामद गर्न खोज्नुले घटनामा आशंका बढेको प्रहरीले जनाएको  छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved