विमान दुर्घटनामा ज्यान गुमाएकाको शव भोलिसम्ममा परिवारलाई बुझाइने

नेपालभ्युज

विमान दुर्घटनामा ज्यान गुमाएकाको शव भोलिसम्ममा परिवारलाई बुझाइने

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव मृतकका परिवारले भोलि मात्रै पाउने भएका छन् ।

पोस्टमार्टमको प्रक्रिया जारी रहेकाले भोलि मात्रै परिवारलाई बुझाइने अस्पतालले जनाएको छ ।

हिजैदेखि शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टमको काम जारी छ । पोस्टमार्टमका लागि तीन टोली खटिएका छन् ।

पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर अस्पतालका चिकित्सक सहभागी छन् । एउटा शवलाई पोस्टमार्टम गर्न कम्तिमा चार घन्टा लाग्ने चिकित्सकले बताएका छन् ।

सबैको पोस्टमार्टम सकेर भोलिसम्ममा परिवार र आफन्तलाई शव जिम्मा लगाउने तयारी छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्नेबित्तिकै दुर्घटनाहुँदा १८ जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा बाच्न सफल एक मात्र पाइलट मनिषरत्न शाक्यको भने उपचार जारी छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved