सीसीटीभी जडानमा मेगा बैंकको सहयोग

नेपालभ्युज

सीसीटीभी जडानमा मेगा बैंकको सहयोग

भक्तपुर। मेगा बैंक नेपाल लिमिटेडले भक्तपुर जिल्लाका महत्वपूर्ण स्थानहरुमा सीसीटीभी जडान गर्न आर्थिक सहयोग गरेको छ।

मेगा बैंक नेपाल लिमिटेडकी सीईओ अनुपमा खुञ्जेलीले बैंकको केन्द्रीय कार्यालय राइजिङ मलमा एक समारोहबीच भक्तपुर जिल्ला सीसीटीभी जडान समितिका पदाधिकारीलाई सीसीटीभी खरिदका लागि दुई लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरिन्।

उक्त अवसरमा समितिका संयोजक प्रदीपकुमार श्रेष्ठ, कोषाध्यक्ष नविन प्रजापति, सचिव पदमलाल शिलाकार र सदस्य सचिव प्र.ना.उ. राजु पाण्डेको सहभागिता रहेको थियो।

भक्तपुर जिल्लाको अपराध अनुसन्धान र अपराध नियन्त्रणलाई प्रमाणमुखी तथा प्रभावकारी बनाउने उद्देश्यले सीसीटीभी खरिद तथा जडान गर्न संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गरिएको सीईओ खुञ्जेलीले बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved