मतदाताको भावनाअनुसार देउवालाई सभापति बनाउन सहयोग गरेको हुँ : प्रकाशमान सिंह

मतदाताको भावनाअनुसार देउवालाई सभापति बनाउन सहयोग गरेको हुँ : प्रकाशमान सिंह
फाइल तस्वीर

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशनमा मतदाताको भावनाअनुसार आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टी सभापतिमा सघाएको बताएका छन्।

आज भक्तपुरको सूर्यविनायकमा नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ को आयोजनामा कार्यालयमा झण्डोत्तोलनपछि उनले पहिलो चरणको निर्वाचनमा मतदाताको भावनाअनुसार देउवालाई सभापतिमा सघाएको बताए।

नेता सिंहले भने, “मैले केन्द्रीय नेतृत्व परिवर्तन हुनुपर्छ, पार्टी विधिसम्मत र संस्थागत रूपमा चल्नुपर्छ भन्ने एजेण्डा बोकेर महाधिवेशनमा मत मागेको हुँ तर मतदाताले मैले अघि सारेको एजेण्डालाई सर्वाधिक मत दिनुभएन, मतदाताले नेतृत्व परिवर्ततको चाहना नराखेको पाइयो, त्यसपछि सर्वाधिक मतदाताको भावनाअनुसार मैले प्रधानमन्त्री देउवालाई सभापतिमा सहयोग गरेको हुँ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved