पानीजहाज बिनाको कार्यालय उद्घाटन गरेको भन्दै विरोध गर्ने कांग्रेसकै पहलमा पानीजहाज विधेयक संसद्‌मा पेस हुँदै

नेपालभ्युज

पानीजहाज बिनाको कार्यालय उद्घाटन गरेको भन्दै विरोध गर्ने कांग्रेसकै पहलमा पानीजहाज विधेयक संसद्‌मा पेस हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पानीजहाजसम्बन्धी विधेयक संसद्मा पेस गर्ने प्रक्रियामा रहेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभामा भएको प्रश्नोत्तरमा ओलीले पानीजहाजको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधनको क्रममा रहेको बताए ।

पानीजहाजको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मन्त्रिपरिषद्बाट असार २७ मा संसद्मा पेस गर्ने प्रयोजनार्थ स्वीकृत भइसकेको बताए । उनले यससँगै अब संसद्मा पेस गर्ने प्रक्रियामा रहेको जानकारी गराए ।

पानीजहाज बिनाको कार्यालय उद्घाटन गरेको भन्दै अघिल्लो पटक तत्कालीन प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्री ओलीलाई व्यङ्ग्य गरेको थियो । अहिले कांग्रेस नै सरकारमा हुँदा ५४ वर्ष पुरानो पानीजहाज दर्ता ऐन संशोधन संशोधनकोको लागि संसद्मा पेस गर्ने प्रक्रियामा रहेको हो ।

२०२७ सालमा लालमोहर लागेको ऐन सरकारले ५२ वर्षपछि संशोधन गर्न प्रस्ताव गरेको हो ।

यस्तै, सरकारले पानीजहाजविरुद्धको कसुरमा हुने सजाय पनि हेरफेर गरेको छ । दर्ता नगरी पानीजहाज सञ्चालन गरेमा दुई वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रस्ताव विधेयकमा गरिएको छ । दर्ता प्रमाणपत्रमा कुनै थपघट गरेमा लिखत कसुरको वर्तमान कानुन नै आकर्षित हुनेछ । पानीजहाजसम्बन्धी कसुरका मुद्दा सरकारवादी मुद्दा हुने र क्षेत्राधिकार जिल्ला अदालतलाई हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved