पहिरो खसेपछि मुग्लिङ– काठमाडौं सडक फेरि अवरुद्ध, सयौं सवारी साधनको लामो लाइन

नेपालभ्युज

पहिरो खसेपछि मुग्लिङ– काठमाडौं सडक फेरि अवरुद्ध, सयौं सवारी साधनको लामो लाइन

काठमाडौं । पहिरो खसेपछि मुग्लिङ– काठमाडौँ सडक अवरुद्ध भएको भएको छ ।

चितवनको फिस्लिङमा पहिरो गएपछि मुगलिङ सडक अवरुद्ध भएको हो । सो सडक खण्ड बिहान ५ बजेदेखि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सोमबार बिहानै सडकमा लेदोसहितको पहिरो खस्दा दुईतर्फी नै सडक अवरुद्ध भएको हो । डोजर र स्काभेटरको प्रयोग गरेर पहिरो पन्छाउने काम सुरु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरोले सडक बन्दहुँदा सयौँ सवारी साधनको सडकमा लाम लागेको छ । काठमाडौँबाट बाहिरिँदै गरेका र काठमाडौँ भित्रिँदै गरेका हजारौँ यात्रु बीच बाटोमै रोकिएका छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved