विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले भने – आफू अग्लो हुन, अरुलाई होचो बनाउँदिन

नेपालभ्युज

विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले भने – आफू अग्लो हुन, अरुलाई होचो बनाउँदिन

काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले सुशासनका लागि स्टन्ट नभएर सकारात्मक सोचको आवश्यक रहेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले भने, ‘सुशासनलाई लागि स्टन्ट होइन, सकारात्मक सोचको आवश्यक रहेको छ । त्यसले नै देश विकासमा सहयोग गर्दछ ।’

साथै, उनले सरकारले भ्रष्टाचारका काण्डमा निष्पक्ष अनुसन्धान गर्ने बताए । उनले भने, ‘सहकारी ठगलाई कारबाही हुन्छ । अन्य भ्रष्टाचारका विषयमा पनि अनुसन्धान हुन्छ ।’

सरकारले ‘आफू अग्लो हुन अरुलाई होचो नबनाउने’ पनि बताए । ‘सरकारले कसैलाई होच्याउने छैन, ‘आफू अग्लो हुन अरुलाई होचो बनाउँदिन ।’ ओलीले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved