टेकु अस्पतालमा कोभिडविरुद्ध खोप लगाउनेको भीड (तस्वीरहरू)

नेपालभ्युज

टेकु अस्पतालमा कोभिडविरुद्ध खोप लगाउनेको भीड (तस्वीरहरू)

काठमाडौं। ७ माघदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरेसँगै कोभिड १९ विरुद्ध खोप लगाउनेको भीड बढेको छ।

काठमाडौं जिल्ला प्रशासनले सार्वजनिक स्थानहरू (कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) मा प्रवेश गर्दा यही माघ ७ गतेदेखि कोभिड-१९ विरुद्ध खोप लगाएको कार्ड हेरेर मात्रै प्रवेश दिने व्यवस्था गर्ने आदेश गरेसँगै कोभिड १९ विरुद्धको खोप लगाउनेहरुको भीड बढेको हो।

काठमाडौंका विभिन्न खोप केन्द्रहरूमा भीड उल्लेख्य मात्रामा बढेको छ। बिहीबार टेकु अस्पतालमा धेरै भीड देखियो। खोप लगाउनेहरूको भीडले जनस्वास्थ्यको मापदण्ड तथा भौतिक दूरीसमेत कायम गर्न नसकेको दृश्य स्पष्ट देखिन्थ्यो।

टेकु अस्पताल परिसरबाहिर सडकसम्मै खोप लगाउनेहरूको लाइन थियो।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved