हार्दिकको सट्टा सूर्यकुमारलाई कप्तान बनाउनुको कारण

नेपालभ्युज

हार्दिकको सट्टा सूर्यकुमारलाई कप्तान बनाउनुको कारण

काठमाडौं । भारतीय क्रिकेट टोलीमा कुराहरू मौसमभन्दा छिटो र धेरै चेतावनी बिना परिवर्तन हुन सक्छ ।

केही समयअघि मात्रै हार्दिक पाण्डेयले टोलीमा बलियो कमब्याक गरेका थिए । आईपीएलका क्रममा जब उनलाई रोहित शर्माको स्थानमा मुम्बई इन्डियन्सको कप्तान बनाइयो, हरेक खेलमा फ्यानहरूले उनलाई निशाना बनाएका थिए ।

तर, हार्दिकले अमेरिका र वेस्ट इन्डिजमा भएको टी–२० विश्वकपमा शानदार पुनरागमन गरे र कतिपयले उनलाई विश्वकपको नायकको रूपमा समेत हेरियो ।

पूरै प्रतियोगितामा हार्दिकले महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनको बलिङ र मिडल अर्डरमा कहीँ पनि ब्याटिङ गर्ने क्षमताका कारण उनले टोलीलाई धेरै आवश्यक सन्तुलन दिइरहेका थिए ।

उनले फाइनल खेलमा महत्त्वपूर्ण ओभर बलिङ गर्दै टोलीको जितमा योगदान पुर्‍याएका थिए । त्यसपछि जिम्बाब्वे भ्रमणका लागि केही खेलाडीलाई विश्राम दिइएको थियो ।

अब भारतले श्रीलंकाविरूद्धको आगामी शृङ्खलाका लागि आफ्नो ‘पूर्ण शक्ति’ सहितको टोली घोषणा गरेको छ, जसमा हार्दिकलाई कप्तानको विकल्पको रूपमा बेवास्ता गरिएको छ ।

सूर्यकुमार यादवलाई टी–२० अन्तर्राष्ट्रिय टोलीको कप्तान बनाइएको छ, यो कदमलाई अलि असामान्य पनि मान्न सकिन्छ । सूर्यकुमारको टी–२० म्याचमा ठूलो स्कोर गर्ने क्षमता उपयोगी भएपनि एकदिवसीय र टेस्टका लागि छनोट हुँदैनन् ।

सूर्यकुमारलाई ५० ओभर र टेस्ट क्रिकेटमा सीमित अवसर दिइएपनि उनले आफ्नो स्थान पक्का गर्न खास केही गर्न सक्दैनन् ।

भारतीय कप्तान सूर्यकुमारका तीन चुनौती

भारतीय टोलीको इतिहास हेर्दा एउटै कप्तानले तीनवटै फर्म्याटमा कप्तानी गर्दै आएका छन् । यो कुरा अझ स्पष्ट भयो जब विराट कोहलीले टी-२० कप्तानी छोडे र त्यसपछि उनीबाट एकदिवसीय कप्तानी खोसियो । पछि उनले टेस्ट क्रिकेटको कप्तानीबाट राजीनामा दिएका थिए ।

योसँगै सूर्यको टी–२० कप्तानीले पनि अर्कै कुराको सङ्केत गर्छ । हार्दिकलाई कुनै पनि सेतो बल फर्म्याटको उपकप्तान बनाइएको छैन । उनको सट्टा टी–२० विश्वकप खेल्न नसकेका शुभमन गिललाई उपकप्तान बनाइएको छ ।

यस्तो अवस्थामा गिल भविष्यमा सबै फर्म्याटको कप्तान बन्न सक्ने बीसीसीआईको विश्वास छ ।

हार्दिकलाई बेवास्ता
हार्दिकको विरूद्धमा भएका कुरा उनको फिटनेससँग सम्बन्धित चिन्ता हुन् । हार्दिकका लागि अलराउन्डरको भूमिका निर्वाह गर्न त्यति सजिलो थिएन ।

हार्दिकले कहिलेकाँही पूरा सिरिज खेल्न सकेनन्, त्यसपछि कडा मेहनत गरेर कमब्याक गरे । कहिलेकाँही उनले बलिङ त्यागेर ब्याट्सम्यानको रूपमा मात्र खेल्नुपर्थ्यो ।

रिपोर्टका अनुसार नयाँ मुख्य प्रशिक्षक गौतम गम्भीरले सूर्यकुमारलाई कप्तान बनाउन विशेष आग्रह गरेका थिएनन्, बरू फिटनेस र चोटका कारण टिम बाहिर रहेका हार्दिकजस्ता खेलाडीसँग काम गर्दा असन्तुष्टि व्यक्त गरेका थिए ।

हार्दिकले श्रीलंका भ्रमणका क्रममा एकदिवसीय खेलबाट ब्रेक मागेका छन् भने बीसीसीआईले पनि उनको अनुरोध स्वीकार गरेको छ । तर, अबको एकदिवसीय अन्तर्राष्ट्रियको अवस्था कस्तो हुन्छ भन्न गाह्रो छ ।

हार्दिकको क्षमतालाई हेर्दा उनले अवश्य पुनरागमन गर्नेछन् । तर, यो पनि प्रष्ट छ कि भारतसँग अहिले पहिलेभन्दा धेरै अलराउन्डर विकल्पहरू छन् ।

हार्दिक पाण्डेय : कहिले घाम, कहिले छाया र चुनौतीहरू

शिवम दुबे, अक्षर पटेल, वासिङ्टन सुन्दर र रायन पराग यी सबै खेलाडी श्रीलंकाविरूद्धको सिरिजका लागि दुवै टोलीमा छन् ।

यो सम्भव छ कि तिनीहरू मध्ये एकले उत्कृष्ट प्रदर्शन गरेर टोलीमा आफ्नो स्थान पक्का गर्न सक्छन् ।

चयनकर्ता र प्रशिक्षकहरूको नियत
सूर्यकुमारको कप्तान छोटो अवधिका लागि भएको स्पष्ट छ । उनी ३४ वर्षका छन् र अन्तर्राष्ट्रिय स्तरमा एकै फर्म्याटमा खेल्छन् । तर, पनि लामो समय खेल्ने सम्भावना छैन ।

गिल अबको सम्भावित कप्तान हुनेछन् । गिलको प्रदर्शन अपेक्षाअनुरूप भएन भने विकेटकिपर भएर सबै फर्म्याटका ब्याट्सम्यान भएका ऋषभ पन्त कप्तानको सम्भावित उम्मेदवार बन्नेछन् ।

श्रीलंका भ्रमणका लागि भारतीय टोलीको छनोटले पनि चयनकर्ता र प्रशिक्षकले सीमित ओभरको क्रिकेटलाई नयाँ दिशा दिन खोजेको देखाएको छ ।

रोहित, कोहली र जडेजाले टी–२० इन्टरनेशनलबाट संन्यास लिएपछि युवा खेलाडीका लागि आईपीएल र घरेलु क्रिकेटमा प्रदर्शन गर्ने ढोका खुलेको छ ।

यसबाहेक सञ्जु सैमसन एकदिवसीय टोलीमा छनोट नभएको तथ्य पनि रोचक छ । यी ३० वर्षीय खेलाडीमा पक्कै पनि क्रिकेट बाँकी छ । अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेको ९ वर्षमा उनले १६ ओडिआई र २८ टी–२० अन्तर्राष्ट्रिय खेल मात्र खेलेका छन् ।

टोलीमा स्थानका लागि प्रतिस्पर्धा र ब्याटिङमा बढी योगदान दिने विकेटकिपरको उपस्थितिले उनको करियर छोटो भएको हो । र अब यो देखिन्छ कि चयनकर्ता र प्रशिक्षकहरू पनि पछाडि फर्केर हेर्नुको सट्टा अगाडि सोचिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved