हुथी समूहमाथि ‘रेड सी’ मा इजरायलको शक्तिशाली हवाई हमला, इन्धन डिपोमा भिषण आगलागी

तीनजनाको मृत्यु, ८० बढी घाइते

नेपालभ्युज

हुथी समूहमाथि ‘रेड सी’ मा इजरायलको शक्तिशाली हवाई हमला, इन्धन डिपोमा भिषण आगलागी
फाइल फोटो

काठमाडौं । इजरायलले यमनको हुथी–नियन्त्रित रेड सी बन्दरगाहमा हवाई हमला गरेको छ ।

हुथी समूहले तेल अवीवमा ड्रोन हमला गरेको गरेको एक दिन पछि इजरायलले आक्रमण इजरायली हमलामा तीन जनाको मृत्यु भएको र ८० भन्दा बढी घाइते भएको हुथी समूहले जनाएको छ ।

बन्दरगाहमा लागेको आगो मध्य पूर्वसम्म देखिएको बीबीसीले जनाएको छ । इजरायली आक्रमणपछि एक इन्धन डिपोमा भिषण आगलागी भएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको फुटेजमा ठूलो आगलागी भएको र आगो फैलिँदै गएको देखिएको छ । इजरायली रक्षामन्त्री योआव गलान्टले हुथी समूहले आक्रणको मूल्य बुझ्नुपर्ने चेतावनी दिएका छन् ।

हुथी समूहले गाजा आक्रमणको विरोधमा समुद्री मार्गमा बेलायत, अमेरिका तथा इजरायलका पानी जहाजलाई निशाना बनाउँदै मिसाइल आक्रमण गरिरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved