राजाबाट कांग्रेसले, कांग्रेसबाट एमालेले, एमालेबाट माओवादीले भ्रष्टाचार गर्न सिक्यो : भुसाल

नेपालभ्युज

राजाबाट कांग्रेसले, कांग्रेसबाट एमालेले, एमालेबाट माओवादीले भ्रष्टाचार गर्न सिक्यो : भुसाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले १०/१५ वर्ष राम्रो सरकार बनेमात्र देशमा केही परिवर्तन हुने बताए ।

शनिबार पुस्तक विमोचन कार्यक्रममा बोल्दै महासचिव भुसालले भ्रष्टाचार नै देश विकास नहुनुको मुख्य कारण भएको बताए ।

उनले भने, ‘१०/१५ वर्ष राम्रो सरकार नबनेसम्म देशमा केही परिवर्तन हुँदैन । देश सकाएकै भ्रष्टाचारले हो ।’

उनले राजाबाट नै भ्रष्टाचार भएको बताए । ‘राजाबाट कांग्रेसले, कांग्रेसबाट एमालेले, एमालेबाट माओवादीले भ्रष्टाचार गर्न सिक्यो ।’ भुसालले भने ।

जनताको प्रतिनिधित्वको नाममा राज्यदोहन भएको उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved