निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन : अर्थमन्त्री पौडेल

नेपालभ्युज

निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न सरकारी निकायबाट निर्माण व्यवसायीलाई भुक्तानी हुनुपर्ने रकम यकिन भइरहेको र चाँडै भुक्तानी प्रक्रिया अघि बढ्ने बताएकाछन् ।

नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीसँग आज अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पौडेलले दायित्व सिर्जना भइसकेको रकमको भुक्तानी नरोकिने बताए। सम्पन्न भएका कामको भुक्तानी नरोक्न विषयगत मन्त्रालयका सचिवलाई निर्देशन दिइसकेको पनि उनले जानकारी गराए ।

पौडेलले पूर्वाधार निर्माणमा गुणस्तरमा ध्यान दिन, तोकिएको समय र लागतभित्र काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गरे । निर्माण व्यवसायीले प्रदेश र पालिकासमेत बाट गरेर झन्डै ६० अर्ब रुपैयाँ बराबर भुक्तानी पाउन बाँकी रहेको दाबी गर्दै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved