नेपालले यूएईलाई हरायो, सम्झनाको सम्झनालायक प्रदर्शन

नेपालभ्युज

नेपालले यूएईलाई हरायो, सम्झनाको सम्झनालायक प्रदर्शन

काठमाडौं । ओपनर सम्झना खड्काको उत्कृष्ट प्रदर्शनमा एसीसी महिला एसिया कपमा नेपालले यूएईलाई पराजित गरेको छ ।

श्रीलंकाको दाम्बुला क्रिकेट रंगशालामा शुक्रबार भएको खेलमा नेपालले यूएईलाई ६ विकेटले हराएको हो ।

यूएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालका लागि सम्झना खड्काले अर्धशतकीय पारी खेलिन् । अविजित रहँदै उनले ४५ बलमा ७२ रन बनाइन् । त्यसक्रममा उनले ११ चौका प्रहार गरिन् । उनको यो पहिलो अर्धशतकसमेत हो । रुविना क्षेत्रीले १० रन जोडिन् ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा ११५ रन बनाएको थियो ।

यूएईका लागि खुसी शर्माले ३६ रनमा अविजत रहँदा कविशा इगोडागेले भने २२ रन बनाइन् ।

नेपालका लागि इन्दु बर्माले ३ तथा कविता जोशी, सबनम राई र कृतिका मरासिनीले १–१ विकेट लिए ।

नेपालले अब आइतबार पाकिस्तानको सामना गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved