काठमाडौं । नेपालमा भारतीय क्रिकेटर विराट कोहलीको समर्थक ठूलो संख्यामा छन् ।
नेपालमा ठूलो संख्यामा क्रिकेटप्रेमी रहेको कारण पनि भारतीय टोलीलाई बलियो समर्थन गरेको देख्न पाइन्छ । त्यसमा पनि कोहलीको फ्यान ज्यादा छन् । उनको विश्वभर नै ठूलो संख्यामा फ्यान रहेका छन् ।
तर, उनी हालै एउटा भिडिओका कारण नेपाली फ्यानहरुको निशानामा परेका छन् । उनीप्रति चर्को गाली तथा आलोचना भइरहेको छ ।
कारण हो, कोहलीले आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरेको भिडिओमा विश्वको सर्वोच्च शिखर सगरमाथाको तस्वीर समावेश हुनु ।
चारदिन अघि पोष्ट गरेको उक्त भिडिओ भारतीय ओलम्पिक टोलीका लागि पेरिस ओलम्पिक २०२४ का लागि तयार गरिएको हो ।
जसमा सुरुमै सगरमाथा क्षेत्रका हिमालहरुसमेत जोडेर बनाइएको छ । सोहीकारण कोहलीको आलोचना भएको हो । उक्त हिमाल भारतको भनी प्रचार गरिएको भन्ने नेपालीको बुझाई छ ।
आलोचकले उनलाई सत्यतथ्य बुझेर मात्र भिडिओ बनाउन, सेयर गर्न भनेका छन् ।
Facebook Comment
Comment