सूर्यकुमार बने भारतको कप्तान, हार्दिकले उपकप्तानसमेत पाएनन्

नेपालभ्युज

सूर्यकुमार बने भारतको कप्तान, हार्दिकले उपकप्तानसमेत पाएनन्

काठमाडौं । बीसीसीआईले श्रीलंका भ्रमणका लागि टी–२० र एकदिवसीय टोलीको घोषणा गरेको छ ।

टी–२० को कमाण्ड सूर्यकुमार यादवलाई सुम्पिएको छ । रोहित शर्माले ओडीआई टिमको कमाण्ड सम्हाल्ने छन् । टोलीमा विराट कोहली पनि परेका छन् ।

टीम इन्डियाले श्रीलंकामा ३ टी–२० म्याचको सिरिज खेल्नेछ । पहिलो खेल पल्लेकेलेमा जुलाई २७ मा साँझ ७ बजे हुनेछ । एकदिवसीय सिरिज अगस्ट २ बाट कोलम्बोमा सुरू हुनेछ ।

भारतीय टोलीले पछिल्लो पटक २०२१ मा श्रीलंकाको भ्रमण गरेको थियो । टोलीले ३ ओडिआई र ३ टी–२० खेलको सिरिज खेलेको थियो । तीन खेलको एकदिवसीय सिरिज २–१ ले जितेको छ । टी–२० सिरिजमा भारत २–१ ले पराजित भएको थियो ।

कप्तान बनाउने विषयमा गौतम गम्भीर र जय शाहबीच विवाद

यसअघि टी २० कप्तानमा सूर्यकुमार र हार्दिक पाण्डेयबीच चर्को प्रतिस्पर्धा भएको थियो । अन्तत प्रमुख प्रशिक्षक गौतम गम्भीरको आर्शिवादमा सूर्यकुमार नेतृत्वमा आए । हार्दिकलाई उपकप्तानसमेत दिइएन ।

टी–२० कप्तान नदिने कारण पनि उनको फिटनेस हो । पछिल्लो एक वर्षमा हार्दिकले चोटका कारण धेरै खेल गुमाएका छन् ।

प्रशिक्षक गम्भीरले टी–२० कप्तानको दीर्घकालीन विकल्प चाहेका छन् । सूर्यकुमार कप्तानका लागि गम्भीर र चयन समितिका अध्यक्ष अजित आगरकरको पहिलो रोजाइ पनि हुन् ।

हार्दिकलाई उछिन्दै सूर्यकुमार बन्नसक्छन् टी-२० कप्तान, जान्नौं तीन कारण

सूर्यकुमार चार वर्षसम्म कोलकाता नाइट राइडर्सको उपकप्तान थिए । यस अवधिमा गम्भीर टोलीको कप्तान थिए ।

सन् २०१८ को मेगा अक्सनमा मुम्बई इन्डियन्सले उनलाई ३.२ करोड भारू बोली लगाएर आफ्नो टोलीमा समावेश गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved