काभा अण्डर २० महिला भलिबलमा नेपालले आज किर्गिस्तानसँग खेल्दै

नेपालभ्युज

काभा अण्डर २० महिला भलिबलमा नेपालले आज किर्गिस्तानसँग खेल्दै

काठमाडौं । काभा अण्डर २० महिला भलिबल च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले (आज) शुक्रबार कीर्गिस्तानसँग खेल्दै छ ।

मालदिभ्सको मालेमा खेल राती पौने ९ बजे सुरु हुनेछ । उपाधि दाबेदार मानिएको किर्गिस्तानसँगको खेलमा नेपाल भने पहिलो जितको खोजीमा कोर्टमा उत्रनेछ ।

किर्गिस्तान भने लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ । पहिलो खेलमा नेपाल श्रीलंकासँग ३–१ को सेटमा पराजित भएका थियो भने किर्गिस्तानले मालदिभ्सलाई ३–० को सोझो सेटमा हराएको थियो । नेपालले शनिबार घरेलु टोली मालदिभ्ससँग खेल्नेछ ।

नेपाली टोलीमा  जेनिशा विश्वकर्मा (कप्तान), सलिना बुढा मगर, एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मीना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना र आशिका क्षेत्री रहेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved