मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम अन्तिम समयमा रोकियो, थप परामर्श आवश्यक रहेको जिकिर

नेपालभ्युज

मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम अन्तिम समयमा रोकियो, थप परामर्श आवश्यक रहेको जिकिर

काठमाडौं । राष्ट्र बैंकले आज ल्याउन लागेको मौद्रिक नीति अन्तिम समयमा आएर रोकिएको छ ।

राष्ट्र बैंकले शुक्रबार आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको थियो ।

सञ्चालक समितिमा मौद्रिक नीतिबारे छलफल गर्ने समय अपुग भएको भन्दै तत्काललाई रोकिएको स्रोतले जनाएको छ । यसअघि आज बिहान राष्ट्र बैंक सञ्चालक समिति बसेर नीति पारित गर्ने तयारी थियो ।

सञ्चालक समितिमा छलफल गर्न थप केही समय चाहिने भएकाले मौद्रिक नीति शुक्रबार सार्वजनिक हुने सम्भावना टरेको छ ।

प्रधानमन्त्री केपीशर्मा ओलीको आर्थिक तथा विकास सल्लाहकारमा डा. युवराज खतिवडाले थप छलफल गर्न चाहेकाले रोकिएको हुनसक्ने आँकलन छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved