काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयर–एनपी ट्रिपल बि प्लस’ रेटिङ्ग प्राप्त गरेको छ । रेटिङ्ग एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङ्गले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँदछ।
कम्पनीले आफ्ना लगानीकर्ताहरू तथा सम्पूर्ण हितकारीहरूको सुरक्षाको निम्ति आफ्ना जोखिमहरूलाई न्यूनीकरण गर्दै लगेको समेत यस रेटिङ्गले थप पुष्टि गर्छ । रेटिङ्ग एजेन्सी केयर नेपालले कम्पनीलाई अघिल्लो वर्ष ‘केयर–एनपी ट्रिपल बि’ रेटिङ्ग गरेको थियो ।
आ.व. ८०/८१ को अवधिमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय अवस्था तथा कार्य सञ्चालनमा तुलनात्मक रूपमा दिगोपनको वृद्धिका साथै अन्डरराइटिङ कार्यसम्पादन र लगानीबाट आर्जित नाफाका कारण कम्पनीको रेटिङ्ग परिमार्जन भएको हो।
कम्पनीले निरन्तर रूपमा बीमा क्षेत्रको औसत खुद मुनाफाको तुलनामा राम्रो वृद्धि दर हासिल गरिरहेको छ ।
Facebook Comment
Comment