काठमाडौं । जर्मनीले अर्को वर्ष युक्रेनलाई दिँदै आएको सैन्य सहायता कटौती गर्ने योजना बनाएको छ । यो कटौती आधाको नजिक हुन सक्छ ।
जर्मनीले यसलाई करिब ८ अर्ब युरोबाट घटाएर ४ अर्ब युरोमा पुर्याउन सक्छ ।
अर्थमन्त्री क्रिस्चियन लिन्डरले जी ७ देशहरूले रुसको जफत सम्पत्तिबाट ५० अर्ब डलर जुटाउने योजना बनाएको बताएका छन् । यस योजनाको साथ निकट भविष्यमा युक्रेनको सहायता सुरक्षित छ ।
अमेरिकापछि जर्मनी युक्रेनलाई सहायता दिने दोस्रो ठूलो देश हो । सन् २०२४ मा जर्मनीले युक्रेनका लागि करिब ७.५ अर्ब युरो बजेट तोकेको थियो ।
युक्रेन र यसका सहयोगी युरोपेली देशहरूले अमेरिकाले युक्रेनलाई दिँदै आएको सहायता कटौती गर्न सक्ने आशंकामा यो कटौती भइरहेको छ ।
यदि डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा विजय हासिल गरे भने उनले युक्रेनलाई दिइने सहयोगमा पनि रोक लगाउन सक्छन् । रुस र युक्रेनबीचको यो लडाई सन् २०२२ को फेब्रुअरीदेखि चलिरहेको छ ।
Facebook Comment
Comment